सांसद शर्माको प्रतिक्रिया : “ममाथि बदला लिइयो, अनशन बस्छु”

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले आफूले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेकाले त्यसको बदला लिन पक्राउ गरिएको प्रतिक्रिया दिएका छन्।

सांसद शर्मालाई सिआइबीले बिहीबार अपराह्न गोल्फुटारस्थित निवासबाटै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको हो। सिआइबीको नियन्त्रणमा रहेका शर्माले भने, “मैले यहीँ कस्टडी (हिराशत) बाट पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेको छु। बाहिर निस्किनेबित्तिकै अनशन बस्छु।”

उनले आफूलाई अहिलेसम्म पक्राउ पुर्जीसमेत नदिइएको दाबी गरे। शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दा चाँडो अदालत लगिओस् भन्ने माग गर्दै उनले भने, “यो अदालतको विषय हो। अदालतको निर्णयलाई म मान्छु।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर