सांसद डा. सुनील शर्मा शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) ले सांसद शर्मालाई गोल्फुटारस्थित निवासबाटै बिहीबार पक्राउ गरेको हो ।

मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । प्रहरीले शर्मासँगै अरू दुई जनालाई पनि पक्राउ गरेको छ । सुन तस्करी प्रकरणमा सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर