रजनीकान्तको प्रतीक्षित फिल्म ‘जेलर’ बिहीबारबाट नेपालमा पनि प्रदर्शनमा

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको प्रतीक्षित फिल्म ‘जेलर’ बिहीबारबाट नेपालमा पनि प्रदर्शनमा आएको छ । भारतलगायत विश्वव्यापी रुपमा रिलिज भएपछि नेपालमा पनि बिहीबारबाटै यो फिल्म प्रदर्शनमा आएको छ ।

फिल्म रिलिजको पहिलो दिन भारतका चेन्नई, बैंग्लोरलगायतका सहरमा कर्मचारीलाई बिदा समेत दिइएको छ । दक्षिण भारतमा रजनीकान्तको यतिसम्म क्रेज छ कि उनका धेरै फ्यान ‘फस्ट दिन फस्ट शो’ हेर्न चाहन्छन् । नेपालमा पनि रजनीकान्तका उल्लेख्य फ्यान फलोइङ छ ।

एक्सन-कमेडी-क्राइम जनरामा राखिएको ‘जेलर’लाई नेल्सन दिलीपकुमारले निर्देशन गरेका हुन् । फिल्ममा मोहनलाल, ज्याकी श्राफ, तमन्ना भाटिया र शिवराज कुमारको पनि मुख्य भूमिका छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर