जातीय घृणा ल्याए देशको अस्तित्व समाप्त हुने : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा पैदा भएमा देशलाई जोगाउन नसकिने बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित कार्यक्रममा उनले जातजाती केहीका नाममा सेन्टिमेन्टल बनाएर विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने देशको अस्तित्व समाप्त हुने पनि बताए ।

‘हामीलाई जातजाती केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन, जोगाउन सकिँदैन’, उनले भने । पहिचान देशको हितका लागि हुनुपर्ने भन्दै उनले पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि हो भन्ने विचार पनि व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर