पृथ्वीको एकदिवसीय कपमा दोहोरो शतक

काठमाडौं । भारतीय ब्याटर पृथ्वी शाले इंग्ल्यान्डको घरेलु क्रिकेट प्रतियोगिता एकदिवसीय कपमा दोहोरो शतक प्रहार गरेका छन् ।

सोमर्सेटविरुद्ध नर्थह्याम्प्टनशायरबाट खेल्दै उनले विष्फोटक दोहोरो शतकीय इनिङ खेलेका छन् ।

पृथ्वीले १ सय ५३ बलमा २८ चौका र ११ छक्कासहित २ सय ४४ रनको सानदार दोहोरो शतकीय इनिङ खेले । यो शाको लिष्ट ए करिअरको उत्कृष्ट प्रदर्शन हो । शाले १ सय २९ बलमा २४ चौका र ८ छक्कासहित २ सय रन पूरा गरेका थिए ।

यसअघि शाले २०२१ मा विजय हजारे ट्रफीमा मुम्बईबाट १ सय ५२ बलमा ३१ चौका र ५ छक्कासहित २ सय २७ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए ।

शा २०२१ श्रीलंका भ्रमणपछि भारतीय टोलीमा छैनन् । यस सिजनको इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्सबाट सुरुआततमा राम्रो गर्न नसकेपछि बेन्चमा बस्नु परेको थियो ।

शाले भारतबाट ५ टेस्ट, ६ ओडिआई र १ टि२० आई खेल खेलेका छन् । २०१८ मा भारतले शाको कप्तानीमा यू-१९ विश्वकप उपाधि जितेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर