शिक्षा विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडाैं ।  निजी विद्यालय संगठनहरुले शिक्षासम्बन्धी ऐनलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। विद्यालय क्षेत्रसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याव्सन, हिसान र प्याव्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पँहुच, विधेयक कसले र कसका लागि बनायौं?, विेदनको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गछौंलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए। गुठीमा भएका विद्यालयहरुले नै दु:ख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर