उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको चीन भ्रमण स्वीकृत गरेको हो ।

“चीनको कुनमिङ सहरमा २०८० साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन राष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

एक्स्पोमा सहभागी हुन उपराष्ट्रपति यादवको टोली साउन २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ । उपराष्ट्रपति भएपछि यादवले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो । उपराष्ट्रपतिको चीन भ्रमणमा केही उच्च सरकारी अधिकारीहरू सहभागी हुने छन् । उपराष्ट्रपतिको भदौ ५ गते चीन भ्रमणबाट फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर