सवारी चालकको आन्दोलनमा ५ जनाको मृत्यु

काठमाठौं । दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ ।

सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्‍याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोलीबाट उनीहरुको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा थु्रप्रै घाइते भएका छन् । सवारी चालकहरूलाई स–साना गल्तीमा पनि कडा सजायँ र जरिवाना तोक्ने गरी कानून संशोधन गरिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सय भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई दंगा, लुटपाट र आगजनीको मुद्दा चलाउने तयारी गरेपछी आन्दोलनकारी थप आक्रोशित बनेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर