लगातार ओरालोपछि आज उकालो लाग्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ४१.०६ अंकले बढेर दुई हजार ६० दशमलब ९१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २८.४० अंकले घटेर दुई हजार १९ दशमलब ८५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज एक अर्ब ८८ करोड ८३ लाखबराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७३ करोड ७० लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २०० कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था, सुपरमादी हाइड्रोपावर लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भनदा बढीले बढेका छन् ।

आज सेञ्चुरी डिभेञ्चर २०८८ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमइ लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज १५ करोड ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर