कैलालीमा डुबानबाट हजारभन्दा बढी परिवार विस्थापित

काठमाडौं । कैलालीमा डुबानका कारण हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनी नगरपालिकाकामा मात्रै करिब हजारभन्दा बढी परिवार विस्थापित भएका हुन् । सो नगरपालिका भएर बग्ने मोहना, कान्द्रा, काँढा, पथरैया सबै नदीमा मंगलबार ठुलो बाढी आएको प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले बताए ।

“हजारौँ परिवार विस्थापित भइसकेका छन्”, उनले भने, “बाढी बढ्दै गएकाले यो सङ्ख्या अझै बढ्दै जान सक्छ ।” उनका अनुसार विस्थापितहरू हुलाकी राजमार्ग, सुरक्षित भवन र विद्यालयमा बसिरहेका छन् । भजनी नगरपालिकाको नौ वटै वडा डुबानमा परेता पनि वडा नम्बर २, ३, ५, ७ र ८ मा पूरै जलमग्न भएको छ । नगर क्षेत्र पूरै जलमग्न भएको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर