कपिलवस्तुमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मङ्गलबाररदेखि हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको घर नजिकैको पोखरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मीन घलेले बताए ।
प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भएको बताइएको छ । खोज तलास गर्ने क्रममा आज (बुधबार) बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया