सहमति भएन, संसदमा अवरोध जारी रहने

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार बसेको शीर्ष नेताहरुको बैठक सहमतिविना टुंगिएको छ। उनीहरूको बैठक संघीय संसदमा देखिएको अवरोध अन्त्य गर्न केन्द्रित थियो ।

सिंहदरबारमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत बैठकमा सहभागी थिए। साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको थियो । ।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई(दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए। तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राखेका हुन्।
यसैबीच प्रतिपक्षी नेकपा एमालेको विरोधका कारण सोमबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो। राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।

सो क्रममा एमाले सांसद दिल कुमारी रावलले यसअघि गठन भएको छानविन समितिले निष्पक्ष छानविन गर्न नसक्ने भएकाले उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने बताइन्।
बैठकमा राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दा पनि एमाले सांसदहको विरोध कायमै रहेपछि बैठक साउन २४ गते बुधबार सम्मका लागि स्थगित गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर