मेस्सीको दुई गोलले इन्टर मियामी लिग कपको क्वार्टरफाइनलमा

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले दुई गोल गर्दा इन्टर मियामी लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको प्रि-क्वार्टरफाइनलमा मियामीले एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित तथा अतिरिक्त समयमा दुवै टोलीले ४-४ गोलको बराबरी खेलेका थिए ।

मियामीका लागि मेस्सीले दुई गोल गर्दा बेन्जामिन क्रेमासीले एक गोल गरे । डल्लासका मार्को फारफानले एक आत्मघाती गोल गरे ।

डल्लासका लागि फाकुन्डो क्विगनोन, बर्नान्ड कामुन्गो र एलन भेलास्कोले एक-एक गोल गरे । मियामीका रोबर्ट टेलरले एक आत्मघाती गोल गरे । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर