भारतको मणिपुरमा तीन महिनाअघि सुरु भएको हिंसा अझै जारी

काठमाडौं । भारतको मणिपुरमा तीन महिनाअघि सुरु भएको हिंसा अझै जारी छ ।

पछिल्लो २ दिनमा ६ जनाको मृत्यु भएको छ । हिंसा नियन्त्रणका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ जसमा प्रत्येक हरेक ७५ व्यक्तिका लागि एक सुरक्षाकर्मी खटाईएको छ । यद्दपी जति सुरक्षाकर्मी परिचालन गरिएतापनि हिंसा नियन्त्रणमा आएको छैन ।

पछिल्लो समय क्वाता इलाकामा मैतेई समुदायका तीन व्यक्तिको निर्मम तरिकाले हत्या गरिएको छ । हिंसा गर्नेहरुले बन्दुक र मोर्टारले एक अर्कामाथि प्रहार गर्दा ६ जनाको मृत्यु भएको हो । यसअघि गत १९ जुलाईमा मणिपुरका २ महिलामाथि यौन दुव्यर्वहार गरेको भयावह भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्तर्राष्ट्रिय समुदायले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार यही वर्षको मे महिनाको सुरुवातमा भड्किएको हिंसामा अहिलेसम्म १ सय ६० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ५० हजारभन्दा धेरै मानिस विस्थापित हुँदा कैयौंको संख्यामा स्थानीयको घर जलाइएको छ ।

मणिपुरमा मैतेई र कुकी समुदायका व्यक्तिहरु एक अर्कामाथि आक्रमण गर्न नपाउने भन्नका लागि दुवै क्षेत्रमा सुरक्षा घेरा बनाई बसेका छन् । मैतेई र कुकी समुदायका मानिसबीच तनाव कैयौं दशकयता चल्दै आएको छ । केही वर्षयता भने एक अर्काको जमिन कब्जा गर्ने निहुँमा हिंसा भड्केको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर