प्रशिक्षणमा छैनन् एमबाप्पे

काठमाडौं । केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)को पहिलो टिमसँग प्रशिक्षण गरिरहेका छैनन् ।

लिग वानको नयाँ सिजनको तयारी स्वरुप सोमबारबाट प्रशिक्षण सुरु भएको छ तर एमबाप्पे अभ्यासमा छैनन् ।

पीएसजीसँग खराब समय बिताईरहेका एमबाप्पे रियल मड्रिड जाने इच्छा देखाईरहेका छन् ।

पीएसजीका सर्वाधिक गोलकर्ताले क्लबसँग सम्झौता नविकरण नगर्ने बताईसकेका छन् । पीएसजीसँग उनको सम्झौता एक वर्षमा सकिदैछ ।

पीएसजी एमबाप्पेलाई यसै समर सरुवा बजारमा बेचेर केही रकम आम्दानी गर्न चाहन्छ । एक सिजन राखेको खण्डमा पीएसजीले अर्को वर्ष एमबाप्पेलाई निशुल्क छाड्नपर्ने हुन्छ ।

सोही कारण पीएसजीले एम्बाप्पेलाई प्रि सिजन टूरमा एसिया भ्रमणमा समेत लगेको थिएन ।

साउदी क्लब अल हिलालबाट कीर्तिमानी प्रस्ताव आएपनि एमबाप्पेले प्रतिनिधिसँग भेट्न अस्विकार गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर