गच्छदार, जोशीसहित दुई मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि कांग्रेसका नेता तथा पूर्वभौतिक योजनामन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्रीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार गच्छदार चारजना पूर्वमन्त्रीको नाममा पक्राउ पुर्जी जारी भएको छ । उनका अनुसार अदालतले तत्कालीन भौतिक योजना मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यस प्रकरणमा ब्युरोले यस अघि २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर