नागढुङ्गा–नौबिसे सुरुङ मार्ग : रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रू’ हुने

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ । आइतबार दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोमबार दिउँसो पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा। विजय जैसीले बताए ।

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । दुई दशमलव ६ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय ६ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर