माओवादी पार्टीविरुद्ध घेराबन्दी भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

उनले माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको बताउँदै नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेकाले यसप्रति सचेत हुनुपर्ने बताए ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको र जेल हाल्ने सम्मको तयारी भएको बताएका हुन् । प्रचण्डले सरकार भ्रष्टाचारविरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनले दाबी गरे ।

‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारविरुद्ध नयाँ अभियान चलाइरहेको छ । १६ वर्षसम्म हामी अरु काममै अल्मलियौं । त्यो अलमलले नयाँ कुरा सिकायो’ प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पछिल्लो समय चालेको सुशासनका अभियानले पार्टीलाई एकताबद्ध बनायो । हामी भ्रष्टाचारविरुद्धको सवालमा अझै निर्मम बन्छौं ।’

नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने उनले बताए । ‘मैले शुरूमा पनि भनिसकेको छु, भ्रष्टाचार विरोधी अभियान रोकिन्न, कसैको दबाबसामु हामी झुक्दैँनौं’ प्रचण्डले बैठकमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर