गौरीकुण्ड पहिरो : एउटै परिवारका सातसहित जुम्लाका ११ जना परे

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथको गौरीकुण्डमा गएको पहिरोमा एउटै परिवारका सातसहित जुम्लाका ११ जना परेको खुलेको छ । पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौरगाउँका एकै परिवारका सातसहित ११ जनाको परिचय खुलेको हो ।

पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी हवल्दार नारायण थापाका अनुसार जुम्लाको पातारासी गाउँपालिका २ पेरे गाउँको एउटै परिवारका सात जनाको पहिचान खुलेको छ । ३० वर्षीय अमर बोहरा र उहाँकी श्रीमती २९ वर्षीया अनितासहित तीन छोरी र दुई छोरा बेपत्ता भएका हुन् । ११, ९ र ७ वर्षीया छोरीहरु सलिता, पिंकी, प्रीतिसँगै ४ र २ वर्षीय छोरा जटिल र ओकिल गरेर सात जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका अन्य व्यक्तिमा सोही गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी छन् । प्रहरीका अनुसार पातारासी ३ का ३८ वर्षीया बम बोहरा र ४६ वर्षीय सुकराम रावत बेपत्ता भएका हुन् । उनीहरु बेपत्ता भएको जानकारी पहिरो प्रभावित क्षेत्रमा रहेका चन्द्र बुढा, फुलमाया बुढा, प्रकाश कामी, शुक कामी, निरु रावत, खर्क बोहरालगायतले टेलिफोनमा दिएको प्रहरीले बताएको छ ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि बेपत्ता परिवारको पहिचानका लागि काम भइरहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर