विदेशमा रहेर पनि नेपाली कला, संस्कृति प्यारो लाग्छ : अध्यक्ष प्रजापति

भक्तपुर । पासा पुचः गुथी यूकेका अध्यक्ष सुशील प्रजापतिले विदेश रहेर पनि नेवा कला, संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्नुका साथै भावी पुस्ताहरुलाई संस्कृतिका विविध आयामहरू हस्तान्तरण गर्ने काम गरिरहेको बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित अन्तर संवाद कार्यक्रममा उनले भने, “नेपाली नेवारहरुको एक छाता संगठन पासा पुचः गुथीमा आवद्ध भएर नेवा बाजा, कला , नाच , पाक कला, परम्परा, जात्रालगायतका गतिविधिहरु गुथीका ६ वटा शाखाहरु रहेका छन् यीनै मार्फत सक्दो संरक्षण प्रवर्धन गर्ने जमर्को गरेको छु।”

अध्यक्ष प्रजापतिले यूकेमा हाल धिमे बाजा, धा बाजा, कुमारी नाच, मञ्जुश्री नाच, बज्रयोगिनी नाच, भैरव नाचको प्रशिक्षण चलाइरहेको तथा यसको अतिरिक्त गुथी भोज, योमरी पुन्ही, म्ह पूजा, गुथी, सेमिनारलगायतका वार्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी पनि दिए ।

उनले नयाँ पुस्तामा संस्कृति हस्तान्तरणमा भाषाको कठिनाइ, भेषभूषा र रहनसहनको अप्ठयारोलगायत विभिन्न गतिविधिहरुको निरन्तरतामा भौतिक सामग्रीको अभाव खट्किने गरिको उल्लेख गरे ।

उनले कला, संस्कृतिको धनी देश नेपालको आफ्नै पहिचान रहेको छ । जसका कारण कला र संस्कृतिलाई जीवन्तता दिन मौलिकपनलाई निरन्तरता दिँदै यसको दीर्घकालीन संरक्षणमा हरेक पक्ष आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने विचार व्यक्त गरे ।

उनले एक प्रसंगमा भने,“आधुनिकतासँगै आफ्नो मौलिकतालाई पनि सन्तुलन कायम गर्न आवश्यक छ किनभने आफ्नो मौलिकपन नै आफ्नो पहिचान हो ।”

आफ्नो पुख्र्योलीको नालीबेलीका बारेमा जानकारी हासिल गरेर भावी पुस्तालाई जानकारी दिने माध्यम भनेको नै कला, संस्कृति भएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर