फरवार्डको रुपमा होजलुन्ड म्यानचेस्टर युनाईटेडमा

काठमाडौं । म्यानचेस्टर युनाईटेडले नयाँ फरवार्डको रुपमा रासमस होजलुन्डलाई अनुबन्धन गरेको छ ।

प्रिमियर लिग क्लब युनाईटेडले डेनिस फरवार्ड होजलुन्डलाई ७२ मिलियन पाउण्डमा एटलान्टा क्लबबाट अनुबन्धन गरेको हो ।

२० वर्षिय फरवार्डले सन् २०२२ मा सिरि ए क्लब एटलान्टामा आबद्ध भएका थिए । उनले सिरि ए क्लबमा रहदाँ गत सिजन ३४ खेलमा १० गोल गरेका थिए ।

उनले ओल्डट्राफोर्ड क्लबसँग ५ वर्षको सम्झौता गरेका छन् ।

ुधेरै कुरा गोप्य छैन । म सानै छदाँ यो महान क्लबको फ्यान हुँ ।ु उनले भनेका छन्, ुमैले खेलाडीको रुपमा ओल्डट्राफोर्डमा घुम्ने इच्छा देखेको थिए ।ु

युनाईटेडका प्रशिक्षक इरिक टेन हगले समर ट्रान्सफरमा अनुबन्धन गरेका उनी तेस्रा खेलाडी हुन् । यसअघि टेन हगले चेल्सीबाट मासन माउन्टलाई ५५ मिलियन र इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई ४७ मिलियन पाउण्डमा अनुबन्धन गरेका थिए ।

होजलुन्डमाथि पेरिस सेन्ट जर्मेन पीएसजीले समेत इच्छा देखाएको थियो । पीएसजीले केलियन एमबाप्पेको विकल्पको रुपमा होजलुन्डलाई अनुबन्धन गर्न चाहेको थियो ।

पीएसजीमा एमबाप्पेको भविष्य अझै अनिश्चित छ ।
एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर