चीनको हेबेईमा बाढीबाट कम्तीमा १० जनाको मृत्यु

काठमाडौं । चीनको हेबेईमा बाढीबाट कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो । बाओडिङ शहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए । चीनमा शुक्रबार आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछिको मुसलधारे वर्षा एक सय ४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको मौसमविद्हरूले बताएका छन् । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर