पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक लगाएको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार शनिबारदेखि पाटनका विश्वनाथ मन्दिर र हरिशङ्खर मन्दिरमा बस्न रोक लगाइएको छ । अन्य मन्दिरहरूमा पनि रोक लगाउने तयारी भइरहेको छ । मन्दिर परिसरमा बस्नेहरुले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हाछेथुले बताए ।
उनका अनुसार यो नियम कार्यान्वयनका लागि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म मन्दिर परिसरमा महानगर प्रहरी खटिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर