काठमाडौंको विष्णुमतीमा बाढी, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको विष्णुमती नदीमा जलसतह बढेको छ। जलसतह बढेका कारण तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको महाशाखाले जनाएको छ।
बाढीको जोखिम रहेकाले आइतबार बिहानसम्म तटीय क्षेत्रमा बसोबास गर्ने र नदी किनारको सडकबाट यात्रा गर्नेलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया