देशभर तीन दिन झरीको सम्भावना

काठमाडौं । मौसमविद्ले आज, भोलि र पर्सि झरीको सम्भावना रहेको बताएका छन् । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । गएराति बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा पानी परेको थियो । यस्तै, मधेस प्रदेशको पश्चिम र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि गएराति पानी परेको थियो ।

मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आज आइतबार दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । गण्डकी प्रदेशका एकरदुई ठाउँमा राति नै आरीघोप्टे वर्षा हुने सम्भावना पनि रहेको मौसमविद् मानन्धरले बताइन् । यस्तै, भोलि र पर्सि पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने उनले बताइन् । यसले गर्दा नदी, खोलामा बाढी आउने तथा पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर