राजधानीको तारकेश्वरमा पहिरो जाँदा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ चो–गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबार राति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडाध्यक्ष परशुराम अर्यालले जानकारी दिए । उनका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरिएको छ । स्थानीयस्तर राहत र वचाउ कार्य भइरहेको छ । (तस्बिरः सांकेतिक)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर