भारतमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

काठमाडौं । भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँके नेपालगञ्जका ६ जनाको ज्यान गएको छ । भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेको भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परी नेपालगञ्ज सदरलाइनका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको ज्यान गएको हो । यस्तै, नेपालगञ्जको त्रिभुवनचोकका सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको दुर्घटनामा ज्यान गएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा शनिबार बिहान कार दुर्घटना भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर