ओलीको पछिल्लो परराष्ट्र प्रवचन : “न्युुट्रालिटी मेन्टेन गरौं”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुस–युक्रेन युद्धमा नेपाल एउटा देशको पक्षमा उभिएकोमा आपत्ति जनाएका छन्। वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले नेपाल असंलग्न परराष्ट्र नीतिविपरीत एक देशको पक्षमा उभिएकोमा आपत्ति जनाएका हुन्।

‘“रुस–युक्रेन युद्धमा भारतसहित कतिपय देशहरूले न्युट्रालिटी मेन्टेन गरे। तर, नेपाल चाहिँ हौसिएर असंलग्न होइन संलग्न भएर एकातिर धुरा पस्न खोज्यो। साँढे लडेका ठाउँमा बाच्छाले पछाडिबाट एउटा साँढेलाई हानेजस्तो गर्‍यो,त्यसको खासै तात्विक अर्थ छैन। संलग्नता देखाएर आफू मुछिने मात्रै हो। हामी अन्तर्राष्ट्रिय पावरका हिसाबले त्यहाँ भूमिका खेल्न पनि सक्दैनौं। पाव संलग्नतामा चाहिन्छ। हाम्रो पावर शान्ति, न्यायको पक्षधर पावर हौं र न्युट्रलिटी हाम्रो पावर हो। त्यसो हुँदा हामी सबैका मित्र हुन्छौं। हाम्रा सबै मित्र छन् कोही पनि हाम्रा शत्रु छैनन् भन्ने हाम्रो नीति अवलम्बन गर्‍यौं भने त्यो हाम्रो स्ट्याण्ड हुन्छ। वार्ताबाट युद्धको समाप्त गरियोस्उ“, उनले भने।

‘“आगोमा घिउ थपेर आगो निभ्दैन। त्यसकारण हामीले अलिकति कुराको छेस्को लगेर थपिदिएर अरू छेस्को हामीले थप्न सक्दैनौं। कहँि पनि द्वन्द्व देखिन्छ भने हामीले न्युट्रालिटीको नीति लिनुपर्छ’, उनले भने। अध्यक्ष ओलीले नेपालले युद्ध जस्ता कुरामा प्रतिस्पर्धा गर्न नहुने बताउँदै कुनै पनि सैन्य गुटमा सामेल नहुने बताए। उनले हाम्रो भूमिमा कुनै वाह्य सैनिक राख्ने कुरा नहुने समेत बताए।

“हामीले युद्धका प्रतिस्पर्धा जस्ता कुरामा होइन, हाम्रो देश कुनै पनि सैनिक गुटमा सामेल हुँदैन। सैन्य गुटमा प्रत्यक्ष वा परोक्ष रूपमा साामेल हुँदैनौं। हाम्रो भूमिमा कुनै वाह्य सैनिक राख्ने कुरा हुँदैन। ट्रेनिङ आदान–प्रदानलगायतका विषय छ हुन्छ। त्यो पनि हाम्रा छिमेकीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै हामी गर्छौं। हामीले देशलाई सन्तुलित, संयमित र कतै नढल्किकन र नझुकीकन कसैप्रति अनावश्यक दुरी बढाउनेतर्फ नलागिकन, आन्तरिक मामलामा अहस्तक्षेपको नीति कार्यान्वयन गर्न अगाडि गर्नुपर्छ। हाम्रो भूमिमा कुनै प्रकारको सैनिकलाई स्थापित हुन दिँदैनौं। हामीलाई स्वीकार्य हुँदैनौ’, उनको विचार थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर