स्पेन पहिलो पल्ट क्वार्टरफाइनलमा

काठमाडौं । स्पेनले पहिलो पटक शनिबार वुमेन्स वर्ल्डकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । उसले अन्तिम १६ को खेलमा स्विटजरल्यान्डलाई सजिलै ५–१ ले पराजित गर्‍यो ।

अब स्पेनले अन्तिम आठमा प्रवेशका लागि नेदरल्यान्ड्स अथवा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

प्रतियोगिताको पहिलो नकआउट खेलमा स्पेनका लागि एटाना बोनमाटीले दुई गोल गरिन् ।

अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले एक एक गोल थपे । स्विटजरल्यान्डका लागि लाइआ कोडिनाले एक गोल फर्काइन । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर