विश्वकप फुटबल २०२३ अन्तर्गत शनिबारदेखि प्रि क्वाटरफाइनलका खेल सुरु हुँदै

काठमाडौं । अष्ट्रलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ अन्तर्गत शनिबारदेखि प्रि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् ।

शनिबार प्रि क्वाटरफाइनलका २ खेल हुनेछन् । पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन आमने सामने हुनेछन् । समूह ‘ए’ बाट स्वीट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ बाट उप विजेता बनेको थियो ।

यस्तै, शनिबार हुने अर्को खेलमा जापान र नर्वे भिड्नेछन् । जापान समूह ‘सी’ को विजेता हो भने नर्वे समूह ‘ए’ को उपविजेता हो ।

न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर