ऐरीको उत्कृष्ट फिल्डिङ तथा बलिङमा मोन्ट्रियर टाइगर्स दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट फिल्डिङ तथा बलिङमा मोन्ट्रियर टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडाको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको ईलिमिनेटर खेलमा ब्रैम्प्टन वुल्भ्सलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ ।

ब्रैम्प्टनले दिएको १ सय ५ रनको लक्ष्य टाइगर्सले १४ दशमलब २ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

टाइगर्सको जितमा कप्तान क्रिस लिन ४७ बलमा ७ चौका र ३ छक्कासहित अविजित ६३ रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद वासिम २४ बलमा २ छक्कासहित २३ रनमा आउट भए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ब्रैम्प्टन निर्धारित २० ओभरमा १ सय ४ रनमा अलआउट भएको थियो ।

उसका लागि ओपनर आरोन जोनसनले २५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए ।

नेपालका दीपेन्द्रले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेट र आयन खानले समान २/२ विकेट लिए ।

दीपेन्द्रले फिल्डिङमा दुई रन आउट र एक क्याच लिदै जित सहज बनाए ।

ओपनर उस्मान खान कार्लोस ब्रेथवेटको बलमा दीपेन्द्रले क्याच आउट गरेका थिए । दीपेन्द्रले न्युजिल्यान्डका ब्याटर मार्क च्यापम्यानलाई ११ रनमा बोल्ड आउट गरेका थिए ।

दीपेन्द्रले न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्रान्डहोम तथा अष्ट्रेलियाका क्रिस गिनलाई विकेटकिपर श्रीमन्थाबाट रन आउट गराएका थिए ।

पहिलो क्वालिफायर खेलमा नेपालका स्पिनर सन्दीप सम्मिलित सर्रे जगुआर्सले हराएको भैंकूवर नाइट्ससँग टाईगर्सले फाइनल प्रवेशका लागि शनिबार बेलुका खेल्नेछ ।

सर्रेले नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर