राष्ट्रिय युवा सङ्घ नेपालले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज गठबन्धन सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।  गठबन्धन सरकारका गलत कदम विरुद्ध युवा सङ्घले आज अपराह्न ४ बजे काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो ।

सुन तस्करी, सहकारी पीडितको माग सम्बोधन नगरेको, गाईभैँसीमा लागेको लम्पी स्किन रोगको नियन्त्रणमा ध्यान नदिएको, ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्डलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा सङ्घले प्रदर्शन गर्न लागेको जनाएको छ । सय किलो सुन तस्करी काण्डका प्रमुख व्यक्तिलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदुरलाई मात्रै समातेको भन्दै युवा सङ्घले आपत्ति जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर