झापा कारागारभित्र एक घन्टा आगजनी र हुलदङ्गा

काठमाडौं । झापा कारागारमा केही असन्तुष्ट कैदीबन्दीले गरेको हुलदङ्गा स्थानीय प्रशासनको प्रयासमा नियन्त्रणमा आएको छ । नियन्त्रणमा आइसकेको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज शुक्रबार दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घन्टापछि नियन्त्रणमा आएको बताए।

मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए। कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो।
आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडका दमकल कारागार पुगेका थिए। असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन्।

प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए। कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ। उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर