माओवादी बैठक : सुनकाण्डबारे उपाध्यक्ष महरामाथि छानविन गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि इ–सिगरेट भेप सुनकाण्डमा छानबिन गर्न आवाज उठेको छ। बैठकमा प्रतिनिधिसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सार्वजनिक रुपमा प्रश्न उठेकाले महरामाथि पनि छानबिन गरिनुपर्ने बताएका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले माओवादीको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेको अवस्थामा यसलाई छानबिन गरेर प्रष्ट पार्नुपर्ने बताए ।
अनुसन्धानबाट ‘क्लिन चिट’ नपाएसम्म प्रश्न उठ्ने र आरोप लाग्नेक्रम चलिरहने भएकाले छानबिनबाटै यसको किनारा गर्नुपर्ने दाहालले उल्लेख गरे।
केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रिक सिगरेट ९भेप०मा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महराको नाम जोडिएको थियो। सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर