चेल्सी ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजलाई किन्न सहमत

काठमाडौं । लण्डन क्लब चेल्सीले ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजलाई किन्न सहमत भएको छ ।

पहिलो रोजाईका गोलकिपर इडुआर्ड मेन्डेलाई साउदी क्लबमा बचेको चेल्सीले गोलकिपर थप्न खोजेको थियो । सोही अनुसार ब्राइटनका सान्चेजलाई २५ मिलियन पाउण्ड तिरेर किन्न लण्डन क्लब सहमत बनेको हो । मेन्डे यसै समर ट्रान्सफरमा साउदी क्लब अल हिलाल पुगेका छन् ।

सान्चेजले पहिलो रोजाईमा स्थान बनाउन केपा अरिजाबलागासँग प्रतिस्पर्धा गर्नेछन् ।काठमाडौं । लण्डन क्लब चेल्सीले ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजलाई किन्न सहमत भएको छ ।

पहिलो रोजाईका गोलकिपर इडुआर्ड मेन्डेलाई साउदी क्लबमा बचेको चेल्सीले गोलकिपर थप्न खोजेको थियो । सोही अनुसार ब्राइटनका सान्चेजलाई २५ मिलियन पाउण्ड तिरेर किन्न लण्डन क्लब सहमत बनेको हो । मेन्डे यसै समर ट्रान्सफरमा साउदी क्लब अल हिलाल पुगेका छन् ।

सान्चेजले पहिलो रोजाईमा स्थान बनाउन केपा अरिजाबलागासँग प्रतिस्पर्धा गर्नेछन् ।

स्पेनिस खेलाडी सान्चेज चेल्सीका गोलकिपर प्रशिक्षकसँग नजिक छन् । प्रशिक्षक बेन रोबर्टसँग सान्चेजले ब्राइटनमा संगै काम गरेका थिए ।

सन् २०२० को नोभेम्बरमा ब्राइटनको पहिलो रोजाईका गोलकिपरको रुपमा डेब्यु गरेका सान्चेजले दुई वर्ष राम्रो समय बिताएका थिए । उनलाई स्पेनको २०२० को युरो कप र २०२२ को विश्वकपमा समेत बोलाईएको थियो । तर उनले दुई मैत्रीपूर्ण खेलमा मात्र अवसर पाएका थिए ।

उनले सन् गत सिजनको दोस्रो भागमा जेसन स्टीलसँग आफ्नो स्थान गुुमाएका थिए । उनले एफ ए कपको सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडसँग पेनाल्टीमा पराजित बनेको खेलमा अवसर पाएका थिए ।

ब्राइटनसँग उनको सम्झौता सन् २०२५ सम्म रहेको छ । सान्चेजले ब्राइटनबाट ९० खेलमा सहभागीता जनाएका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर