भारतीय क्रिकेटर मनोज तिवारीले सबै फम्र्याटको क्रिकेटबाट सन्यास लिए

काठमाडौं । भारतीय राष्ट्रिय टोलीका पूर्व सदस्य मनोज तिवारीले सबै फम्र्याटको क्रिकेटबाट सन्यास लिएका छन् ।

तिवारीले सन् २००८ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । सन् २०१५ को जुलाईमा जिम्बाब्वेमा उनले करियर अन्तिम ओडिआई खेलेका थिए ।

मनोजले भारतका लागि १२ ओडिआई खेल खेलेका छन् । १२ खेलमा उनले २ सय ८७ रन बनाउँनुको साथै ५ विकेट समेत लिएका छन् ।

मनोजले भारतका लागि ३ टी(ट्वान्टी अन्तर्राष्ट्रिय खेल समेत खेलेका थिए । तीन खेलमा मनोजले १५ रन बनाएका थिए ।

सन् २०१२ मा कोलकाता नाइट राइडर्स आइपीएल च्याम्पियन बन्दा तिवारी टोलीका सदस्य रहेका थिए । तिवारीले आईपीएलमा राइजिङ पुणे सुपरजाइन्ट्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सको प्रतिनिधित्व गरेका थिए ।

तिवारीले सन् २००४ मा घरेलु मैदान इडेन गार्डेन्सबाट प्रथम श्रेणीको करियर सुरु गरेका थिए । उनको अन्तिम खेल यस वर्षको सुरुमा सौराष्ट्रसँग रणजी ट्रफी फाइनलमा पराजित भएको थियो । उनको अन्तिम प्रथम श्रेणीको खेल समेत घरेलु मैदानमा नै भएको थियो ।

प्रथम श्रेणी क्रिकेटमा उनले २९ शतक र ४५ अर्धशतकसहित ९ हजार ९ सय ८ रन बनाएका थिए । तिवारीले बंगालबाट सबै घरेलु क्रिकेट खेलेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर