जनमत पार्टीले सरकारलाई दिएको समर्थन यथावत्

काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । पार्टीको केन्द्रीय समितिको बिहीबार बसेको बैठकले सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो। पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले बताए।

सरकारमा सहभागी हुने विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ । यसअघि कृषि या उद्योग मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय दिइएकामा असन्तुष्ट हुँदै सरकारबाट बाहिरिएको हो। पार्टीबाट केही समय अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

जनमतको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर