देवघाटमा नदीले बगाउँदा एकजना बेपत्ता, दोलखामा पहिरोबाट एकजनाको मृत्यु

काठमाडौं । नदीले बगाएर देवघाटधामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गमस्थल) बाट बेपत्ता भएका हुन् । देवघाट दर्शन गर्न आएका दाङ जिल्लाको तुलसीपुर नगरपालिका – १२ बस्ने वर्ष ३२ का लोकेन्द्र भुसाल बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

भुसाललाई शुक्रबार बिहान ७ः १५ बजे बगाई बेपत्ता भएकोमा खोजतलास भइरहेको र हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
यसैबीच दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ८ मा गएको पहिरोको कारण एक जनाको शव फेला परेको छ भने ३ जना बेपत्ता भएका छन् ।
गए राति ९ बजेको अविरल वर्षासँगै आएको पहिरोले गाउँपालिका ८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए ।

पहिरोले गाउँपालिका ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर , उनकी श्रीमती र यज्ञबहादुर थामीको १५ महिनाको नाति बेपत्ता भएको उनले बताए ।
थामीका १५ महिनाको नातिको शव फेला परेको प्रहरी प्रमुख खड्काले बताए । पहिरोमा परी ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बेपत्ताको खोजी भइरहेको घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर