प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिश

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिश गरेको छ । सिंहदरबारमा बिहीवार बसेको परिषद् बैठकले श्रेष्ठको नाम सिफारिश गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण शनिवारदेखि अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिश गरिएको हो । २०१६ सालमा डोटी जिल्लामा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।उनी जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च अदालको न्यायाधीश बनेका थिए । २०७३ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर