सुन तस्करी प्रकरण : प्रधानमन्त्री र गृहमन्त्रीबीच गम्भीर मतभेद

काठमाडौं  । सय किलो सुन प्रकरणमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच मन्तातर देखिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार आयोजित एक छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीबीच सुन तस्करीसम्बन्धमा नेपाल प्रहरीलई संलग्न गराउने कि नगराउने भन्नेसम्बन्धमा मतभेद देखिएको हो । बिहीबारको छलफल कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भने, “सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिनुपर्‍यो। सिआईबीको टोलीले यस प्रकरणको तार्किक निष्कर्षमा पुर्‍याउँछ ।” गृहमन्त्रीको कुरा नटुंगिकनै प्रधानमन्त्रीले जवाफ फर्काए, “सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरिरहेको छ। राजस्व अनुसन्धान विभागले पनि यो प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याउँछ। बरू आवश्यक परे प्रहरीको सहयोग पनि लिन्छौं ।” यो सवालजवाफपछि गृहमन्त्री बैठक छोडेर हिँडेको स्रोतको भनाइ छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरी प्रमुख वसन्त कुँवर, राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र सिआईबी प्रमुख किरण बज्राचार्य उपस्थित थिए । संवैधानिक परिषद्को बैठक चलिरहेको बेला गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने मनसायसहितआईजीपी कुँवर र सिआईबी प्रमुख बज्राचार्यलाई प्रधानमन्त्री कार्यालय डाकेका थिए।

बैठकको सुरुवातमै गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री दाहाललाई सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिन आग्रह गरेका थिए। उनले सिआईबी प्रमुख बज्राचार्यलाई इंगित गर्दै सो प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने माग गरेका थिए।

प्रधानमन्त्रीको जवाफपछि गृहमन्त्री श्रेष्ठले असन्तुष्टि जनाएका थिए। उच्च स्रोतका अनुसार उनीहरूबीच केहीबेर सवाल(जवाफसमेत भएको थियो। ुअनुसन्धानको कुरालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच सवाल(जवाफ भयो। प्रहरीलाई अनुसन्धान जिम्मा नदिने भनिएपछि गृहमन्त्रीले चर्को असन्तुष्टि जनाउनुभयो,ु स्रोतले भन्यो। केहीबेरको भनाभनपछि गृहमन्त्री श्रेष्ठले असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको स्रोतको भनाइ छ। गृहमन्त्री निस्किसकेपछि प्रधानमन्त्री दाहालले कुँवर, ढुंगाना र बज्राचार्यसँग थप छलफल गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर