ललितानिवास प्रकरण : दुई आरोपी रिहा

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट पक्राउमा परेका दुई आरोपी जेलबाट रिहा भएका छन्।

सीआईबीले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई जेलमुक्त गरिएको हो। स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले पोखरेललाई हाजिरी जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।

अर्का आरोपी खेतानले आफ्नो नाममा रहेको ललिता निवासको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो। यो प्रकरणमा दुई जना छुटेसँगै सीआईबीको हिरासतमा रहनेको संख्या २० पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर