पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने पुरण पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पा तिनाउ गाउँपालिका–६ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ४५ वर्षीय पुरण अस्लामी रहेका छन् ।

उनले धनन्जय चौधरीलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि रु. ८ लाख रुपैयाँ लाग्छ, पोल्याण्ड पुगेपछि होटेलमा काम लगाइदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी चौधरीबाट पटकपटक गरी जम्मा रु. एक लाख २० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीको आरोप छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर