क्यानाडाका प्रधानमन्त्री ट्रुडो र पत्नी सोफीबीच सम्बन्धविच्छेद

काठमाडौं ।  क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद हुने भएको छ। प्रधानमन्त्री ट्रुडोको कार्यालयले बुधबार यसको जानकारी दिएको हो। यससँगै उनीहरुको १८ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको छ।

उनीहरुले अलग्गिनेगरी कानुनी सम्झौतामा हस्ताक्षर गरेको जनाइको छ। ‘अलग हुने उनीहरुको निर्णयका सम्बन्धमा दुवैले सबै कानुनी र नैतिक कदमहरु सुनिश्चित गरेका छन्। आउँदा दिनमा पनि त्यसलाई उनीहरुले जारी राख्नेछन्,’ वक्तव्यमा भनिएको छ। ५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफीबीच २००५ मा विवाह भएको थियो। उनीहरुका तीन सन्तान छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर