कोशीमा गठबन्धनबीच भागवन्डा मिल्यो, शपथको तयारी

काठमाडौं । कोशी प्रदेशमा सत्तागठबन्धनबीच पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे सहमति भएको छ । सहमतिसँगै बिहान साढे १० बजे रोकिएको शपथग्रहण कार्यक्रम आजै बुधबार बेलुका ५ बजे हुने तय भएको छ ।

सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो । गठबन्धनको बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री हुने भएका छन् ।

उनको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ । एकीकृत समाजवादीका कमलप्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुने छन् । नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर