नेप्सेमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ९.२५ अंकले बढेर दुई हजार ८६ दशमलब ८४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा सामान्य अंकको सुधार भएपनि कारोबार रकममा भने सुधार हुन सकेन । आज एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ९२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८१ कम्पनीको शेयरमूल्य घटेको छ । १९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये आरबीबी म्युचुअल फण्डको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ११ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर