पाकिस्तानको घुमाउरो प्रस्ताव भारतसँग वार्ता ?

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मंगलबार भारतको नाम नलिई वार्ताको प्रस्ताव राख्दै सबै गम्भीर र विचाराधीन मुद्दाहरू समाधान गर्नुपर्ने बताएका छन्। उनले गरिबी र बेरोजगारीसँग लड्नुपर्ने भएकाले दुवै देशका लागि युद्ध कुनै विकल्प नभएको बताए । पाकिस्तानी खनिज शिखर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शहबाज सरिफले उक्त टिप्पणी गरेका हुन् ।

आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा विदेशी लगानी आकर्षित गर्न यो सम्मेलन आयोजना गरिएको हो । उनले आफ्नो सम्बोधनमा भारतको नाम भने भनेनन्, तर समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार उनको सन्दर्भ स्पष्ट रूपमा भारततर्फ थियो। शाहबाज शरीफले भने, “हामी सबैसँग वार्ताका लागि तयार छौं। छिमेकीसँग पनि। युद्ध कुनै विकल्प नभएकाले वार्ताको टेबलमा गम्भीर समस्या समाधान गर्न छिमेकी पनि गम्भीर हुनुपर्छ।”

भारत र पाकिस्तानबीच सीमापार चरमपन्थी र कश्मीर लगायतका धेरै मुद्दामा तनावको स्थिति छ। यस्तो अवस्थामा शहबाज शरीफको यो बयान आएको छ । भारतले ‘जम्मु कश्मीर आफ्नो अभिन्न अंग थियो, छ र रहिरहनेछ’ भन्दै आएको छ । पाकिस्तानको संसदको कार्यकाल अगस्ट १२ मा सकिँदैछ। शाहबाज सरिफको सरकार चुनावको तयारीमा छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर