बंगलादेशमा डेङ्गुबाट एकै दिनमा १० जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा  डेङ्गुका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने गत जुन र जुलाई महिनामा मात्रै २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संक्रमितको संख्या ५४ हजार ४ सय बढी पुगेको छ । संक्रमितहरुले अस्पतालहरु खचाखच भरिएका छन् ।

राजधानी ढाका लगायतका जिल्लाहरुमा तीब्र रुपमा डेङ्गु फैलिएपछी बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले डेंगी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।उहाँले देशका बिभिन्न राजनीतिक दलका नेताहरुलाई रोकथाममा लागि सक्रिय हुन पनि आग्रह गर्नुभएको छ ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयले लामखुट्टेको वासस्थान पहिचान गरी औषधि छर्ने कार्यलाई तीब्रता दिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर