विश्वासको मत पाउनेमा मुख्यमन्त्री उद्धव थापा ढुक्क

काठमाडौँ । कोशी प्रदेशमा पुनः मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले विश्वासको मत पाउने कुरामा कुनै शंका नरहेको बताएका छन् ।

मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, ‘गठबन्धनमा विश्वासको मतको बहुमत पुगेकै छ । त्यसका कुनै शंका छ र ?’ सभामुखले राजीनामा दिएपछि उपसभामुखले सभाको अध्यक्षता गर्ने भन्दै आफूले विश्वासको मत पाउने थापाले बताए ।

उससभामुखले पनि राजीनामा दिनुहुन्छ रे भन्ने प्रश्नमा थापाले भने, ‘उहाँको राजीनामा आएपछि हामीले सोचौला नि । उहाँको राजीनामाको हामीले परिकल्पना गरेका छैनौं ।’ तर, उनले कोशी प्रदेशको मुख्य चुनौती राजनीतिक अस्थिरता भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर