सदन चल्ने भयो, एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार

काठमाडौं । एक सय किलो सुन तस्करीमा प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको नेकपा एमाले त्यससम्बन्धमा सरकारको तर्फबाट गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ । सभामुखको अग्रसरितामा मंगलबार भएको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकमा एमालेले गृहमन्त्रीको जवाफ सुन्ने सहमति गरेको हो ।
एमालेले सरकारको जवाफ सुन्ने र चित्त नबुझे पुनः अवरोध कायम गर्ने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘आज गृहमन्त्रीको जवाफ सुन्छौँ। सरकारले उच्चस्तरीय समिति गठन गर्छु भन्यो भने सदन चल्छ नभए चल्दैन,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर