भारतीय टिमको कप्तानी जसप्रीत बुमराहलाई

काठमाडौं । आयरल्याण्डविरुद्ध हुने टी ट्वान्टी सिरिजको भारतीय टिमको कप्तानी जसप्रीत बुमराहलाई दिईएको छ ।

आयरल्याण्ड सिरिजका लागि भारतीय टिम घोषणा गर्दै जसप्रीतलाई जिम्मेवारी दिईएको हो ।

१५ सदस्यीय भारतीय टिममा युवा खेलाडीलाई अवसर दिईएको छ । भारतले आयरल्याण्डविरुद्ध तीन म्याचको टी–ट्वान्टी सिरिज खेल्नेछ । टिमको कप्तानी तिव्र गतिका बलर जसप्रीत बुमराहले गर्नेछन् ।

आयरल्याण्डविरुद्ध भारतीय टिमले ५ दिनभित्र तीन टी ट्वान्टी म्याच खेल्नेछ । जसमा अगष्ट १८, २० र २३ तारिकमा खेल हुने तालिका छ ।

भारतीय टिममा बुमराहसँगै ऋतुराज गायकवाड, यशस्वी जायसवाल, तिलक वर्मा, रिक्कु सिंह, सन्जु सेमसन, जितेश शर्मा, शिवम दुबे, बासिङ्गटन सुन्दर, शाहबाज अहमद, रवि बिश्रोई, प्रसिद्ध कृष्णा, अर्शदीप सिंह, मुकेश कुमार र आवेश खान छन् ।

यस सिरिजमा हार्दिक पाण्डेया, नियमित कप्तान रोहित शर्मा, रविन्द्र जडेजा, विराट कोहली जस्ता सिनियर खेलाडीलाई राखिएको छैन । उनीहरुलाई अगष्ट–सेप्टेम्बरमा हुने एसिया कप र वान डे क्रिकेटका लागि आराम दिईएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर